Indrenionline.com

आज पाल्पा–बुटवल सडकखण्ड ६ घण्टा बन्द

पाल्पा, २३ असोज । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवलखण्ड आज ६ घण्टाका लागि बन्द हुने भएको छ । सडक मर्मतका लागि सोमबार ६ घण्टा बन्द हुँदैछ ।

सोमबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बन्द गरेर बाटो माथिबाट खसेका ढुङ्गा सहितको पहिरो हटाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।