नवलपरासी, २१ असोज । नवलपरासीमा प्रथम रामग्राम मेयर कप फुटबल प्रतियोगिता २०७४ शुरु भएको छ । साझा युवा क्लबद्धारा आयोजित प्रतियोगिता परासीस्थित साझा युवा क्लबको खेल मैदानमा प्रागणमा शुरु भएको हो ।
प्रतियोगीतामा जिल्लाको विभिन्न क्षेत्रबाट ४० वटा फुटबल टिम सहभागी छन् । प्रतियोगितामा बिजेता हुने पं्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमले ३३ हजार ३ सय ३३ सहित कप र प्रमाण पत्र प्राप्त गर्ने छन् ।