काठमाडौं, २१ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफूहरु सरकार ढाल्ने पक्षमा नभएको बताएका छन् । माओवादी केन्द्रको संसदीय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सरकार तत्काल सरकार नढाल्ने तर सत्ता साझेदार नेपाली काग्रेसले सरकार छोड भने छोडिदिने बताए ।
तर एमाले र नयाँ शक्तिसँग वैचारिक कार्यदिशाको विषयमा भने छलफल बाँकी रहेको र अहिले पार्टी एकताको सैद्धान्तिक सहमति मात्रै भएको उनले बताए । कार्यदिशाको विषयमा चुनावपछि छलफल गरिने प्रचण्डको भनाइ छ ।