काठमाडौँ, २० असोज । सबै वामपन्थीहरु चुनावी तालमेलमा एक भएको वेला एकीकृत नेकपा माओवादीबाट छुटिएका मोहन बैद्य अब हुने प्रदेश सभा एवं प्रतिनिधि सभाको चुनावमा एक्लै लड्ने भएका छन् ।
उनको संयोजकत्वमा गठित जनगणतान्त्रिक मोर्चाले कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासँग तालमेल नगर्ने यसअघि नै निर्णय गरिसकेको छ ।