रामेछाप , १५ असोज । रामेछापको दोरम्बा गाउँपालिका-६ मा आइतबार बिहान करेण्ट लागेर २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ७२ वर्षीया टीकादेवी गौतम र उनका ४२ वर्षीय छोरा लालबहादुर गौतम रहेका छन् ।
विद्युत लाइनमा हाईभोल्टेज आएकै कारण लागेको करेण्टबाट गम्भीर घाइते अर्का दोरम्बा-६ लखनपुरका ५८ वर्षीय लालबहादुर बस्नेतको ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । उनी आफ्नै घरमा करेण्ट लागेपछि घाइते भएका थिए । उनलाई हेलिकप्टरबाट काठमाडौं पुर्याइएको हो । अनलाइनखबरबाट