नेपालगञ्ज, ८ असोज । नेकपाका केन्द्रीय नेता अशोक रोकाय, नयाँ शक्तिका केन्द्रीय नेता दुर्गाबहादुर थारु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुसहित १८७ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । रोकाय पूर्व सभासद पनि हुने भने थारु पूर्व डिभिजन सहायक कमाण्डर हुन् ।
सो अवसरमा पूर्व सभासद रोकायले क्रान्तिको अभिभारालाई सम्झेर आफू माओवादी केन्द्रमा आएको बताए । कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेता वर्षामान पुन लगायतका नेताहरुले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।