जुम्ला ३० भाद्र । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) जुम्लाको संयोजकमा नेपाल पत्रकार महासंघ जुम्लाका पूर्व सचिव शुरबहादुर सिंह चयन भएका छन् । पूर्व सचिव सिंहको संयोजकत्वमा संघको जिल्ला तदर्थ समिति गठन भएको हो । गठित समितिका सदस्यहरुमा नेत्रबहादुर शाही, सागर परियार, दिलमाया शाही, सरिता पराजुली, दानाकुमारी शाही र हरिबहादुर कुमाई रहेका छन् ।