दाङ ३१ भाद्र । पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजि मिङमारा लामाले प्रहरीलाई नागरीक मैत्रि बनाउने काम भइरहेको बताउनु भयो । घोराही उपमहानगरपालिका वडा नम्बर ७ स्थित सौडियार सामुदायिक अध्ययन केन्द्रको तेस्रो अधिवेसन तथा साधारण सभाको शनिवार सौडियारमा उद्घाटन गर्दै एआइजि लामाले राज्यका निकायहरु नागरीक मैत्रि भएमा मात्र जनताले जुनसुकै क्षेत्रमा पनि गुणस्तरीय सेवा पाउने बताउनु भएको हो ।
उहाँले महीला तथा वालवालिकाले कुनै पनि हिंसाको सिकार नहुने गरी वातावरण निर्माण गर्दै जानुपर्ने भन्दै हिंसा न्युनिकरणका लागि सचेतना आवश्यक पर्ने धारणा राख्नु भयो । प्रहरीले गैरकानुनि कामहरुलाई निरुत्साहीत गर्नुपर्ने भन्दै यसका लागि प्रहरी नागरीकसंग मिलेर शान्ति सुरक्षा कायम गर्न तयार रहेको र आवश्यक सुचना दिएर आपराधिक कृयाकलाप न्युनिकरण गर्नका निमित्त सहयोग गर्नपनि अनुरोध गर्नु भयो ।
गुन्डागर्दि, जुवातास, वेश्याबृत्ति, लागु औषध नियन्त्रण र नागरीक मैत्रि ब्यवहार प्रर्दशन लगायतका योजनाहरु आफ्नो प्राथमीकतामा रहेको सुनाउदै सबैको सहयोग पाएमा पाँच नम्बर प्रदेशलाई शान्त र सुरक्षित बनाउने बताउनु भयो । दाङकि प्रहरी प्रमुख एसपि दुर्गा चन्द सिँह, महीला मानवअधिकारकर्मि लक्ष्मि आचार्य, नेपाल महीला सामुदायिक सेवा केन्द्रकि अध्यक्ष विमला योगि र महीला तथा वालवालिका कार्यालय दाङकि प्रमुख विष्णुमणि जोसिको विशिष्ट आतिथ्यतामा अधिवेसनको उद्घाटन कार्यक्रम भएको हो । अध्ययन केन्द्रका साधारण सदस्य दामोदर पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा अध्ययन केन्द्रका कार्य समिति सदस्य चन्द्रप्रशाद घिमिरेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मि केसिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा अध्ययन केन्द्रका कार्य समिति सदस्य विष्णुप्रशाद पाण्डे, युवा नेता सरोज शाह, सल्लाहकार ठाकुरप्रशाद लामीछाने लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । अधिवेसनको उद्घाटन कार्यक्रमको सञ्चालन अध्ययन केन्द्रका सुचना संयोजक पत्रकार निशानदाजु भट्टराइले गर्नु भएको थियो । यसैविच अधिवेसनले कार्य समिति सदस्य चन्द्रप्रशाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ,।
आगामि चारवर्षे कार्यकालका लागि घिमिरेको अध्यक्षतामा कार्य समिति चयन गरेको हो । जसको सदस्यहरुमा ऋषिराज रेग्मि, शुभद्रा भण्डारी, कविराम खत्रि रहनु भएको छ । नननिर्वाचित अध्यक्ष घिमिरेलाई निर्वतमान अध्यक्ष चेतु भण्डारीले माइन्युट र चावि दिएर गरेर पद हस्तान्तरण गर्नु भएको थियो । साथै निर्वाचित पदाधीकारीलाई कार्यक्रमका प्रमुख अतिथि एआइजि लामाले टिका र खादा ओढाएर वधाई तथा शुभकामना दिनु भएको थियो । साथै अधिवेसनलाई सफलरुपमा सम्पन्न गर्न र सर्वसम्मत नयाँ नेतृत्व बनाउन सहयोग गर्ने सवैलाई अध्ययन केन्द्रले धन्यवादसमेत दिएको छ ।