पद्मप्रसाद शर्मा
दाङ, जेठ २५
त्रिपुर नगरपालिक ५स्थित श्री बालकल्याण निम्न माध्यमिक विद्यालय नारायणपुर खैरा दाङमा विपद् ब्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम शोमवार सम्पन्न भएको छ ।
विद्यालयमा सम्भावित विपद् र वच्न सकिने संभावित उपायहरु समेटिएको उक्त कार्यपत्रमा विशिष्ठ अतिथि एवं श्रोतकेन्द्र नारायणपुरका श्रोतब्यक्ति हुम बहादुर के.सी. तथा विद्यालयका शिक्षक बसन्ता रेग्मीले टिप्पणी गर्नु भएको थियो । शिक्षक विमलाखनालको स्वागत मन्तब्यबाट आरम्भ भएको अन्तर क्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पद्मप्रसाद शर्माले उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक राम बहादुर वलीले गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा आफ्नो धारण राख्नेहरुमा शिक्षक बसन्ता पन्त , इश्वरी रावत ,सितला वुढा , इच्छा शर्मा ,बालिका महरा ,दुर्गा घर्ती , प्रगति बालल्कवका अध्यक्ष सुदीप चौधरी , छात्रा मैत्री ल्कवका अध्यक्ष सपना रोका ,जुनियर रेडक्रसका अध्यक्ष सिर्जना चौधरी लगायतका हुनुहुन्थ्यो ।।