महेन्द्रनगर, ३० भदौ । कन्चनपुरको हल्दुखालमा १३ वर्षका बालकको हत्या गर्ने आशिष अधिकारिको घर गोठमा आक्रोशित स्थानीहरुले आगजनी गरेका छन् । आक्रोशित समुहले अधिकारीको गोठमा आगजनी गरिदिएपति त्यहाँको अवस्था तनावग्रस्त बन्दै गएको छ ।
अवस्ता तनालग्रस्त भएपछि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने घटना वरपरको स्थानलाई निशेधित क्षेत्र घोषणा गरिएको छ ।
दक्षिणमा खैरेनी राम मन्दिर, पूर्बमा भिमदत्त नगरपालिकाको ३ र ७ नम्बर वडाको सीमा, उतरमा निर्माणाधीन महाकाली नहर र पश्चिममा घटनास्थल रहेको छ । चारदिनदेखि हराइरहेका बालक तिलक चन्दको हत्या भएको अवस्थामा बुधबार शब भेटिएको थियो ।