पिबि दियाली
इटहरी, २९ भदौ । देशबिदेशमा रहेपनि इण्टरनेट सर्भरको माध्यमबाट सम्पर्कमा आई दलित एकता संजाल अन्तरराष्ट्रिय समिती (आईसीसी) नामको संस्था बनाएर नेपाल लगायतका देशमा दुखिपिडितहरुलाई सहायता र अधिकार प्राप्तीको सवालमा काम गर्दै आएका सचेत नेपाली दलित (शिल्पी)यूवाहरुको पहलमा इटहरीका बाढी पीडितहरुलाई आज राहत बितरण कार्यक्रम गरिएको छ ।
खोला किनारमा छाप्रो हालेर जनबनी गर्दै जीबिका चलाउने गरेका जनताको घरमा गत साउन २७ गते बाढी पसेर आहत बनाएको थियो । सकारले मृत्यू भएका परिवारका सदस्यलाई आर्थिक सहयोग १० लाख दिने र घरबार बिहीनलाई त्यसै किसिमको आर्थिक तथा भौतिक साधनस्रोत अनि तत्कालीन राहत सहायता गर्ने भने पनि कुनै उपलब्धी प्राप्त गर्न नपाएका पीडितलाई सामाजिक संघ संस्था र ब्यक्ति बिषेशको पहलमा गैरसरकारी तवरबाट राहत सामाग्रि प्रदान गरिदै आएको छ । नगरक्षेत्रमा सकृय ब्यपारी,संघसंस्था लगायतको पहलमा बाढीपिडीतलाई केही राहत तथा उद्धारका कार्यहरु जारी छन ।