भक्तपुर, २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले ललितपुर क्षेत्र नं ३ को राहत संकलन समितिका संयोजक रघुनाथ महर्जनसहितको टोलीले तीन लाख २५ हजार ७८० बुझाएको छ ।
रकम बुझ्दै एमाले अध्यक्ष ओलीले नेपालको जातीय विविधता, भाषिक र साँस्कृतिक विविधतामाथि खेलबाड गरेर देशलाई साम्प्रदायिक द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको बताउँदै द्वन्द्वका पक्षमा रहेकाहरुलाई जनताले निर्वाचनमार्फत परास्त गर्ने जिकिर गर्नुभयो । रासस