जाजरकोट २३ । त्रिबेणी नलगाड नगरपालिका स्वच्छ सफा र सुन्दर नगर बनाउने अभियान तीब्र बन्दै गएको छ।नगरका प्रमुख टेक बहादुर रावल अहिले नगरपालिकाका प्रत्येक बजार प्रत्येक गाउँहरुमा पुगेर सरसफाइ सम्बन्धी कार्यक्रम तथा सरसफाइ अभियानमा लागि रहनु भएको छ।आफै खटेर लाग्नु भएका प्रमुख रावल जुन सुकै कार्य परिबर्तन आफै बाट सुरु गर्नु पर्ने हुन्छ तसर्थ परिबर्तन हुन सक्छ भन्ने धेयका साथ प्रमुख रावल अहिले आफैले नै फोहर उठाएर सरसफाइको अभियान तिब्र हुँदै छ।गत मंगलबार नगरपालिकाको वडा न १२को तल्लु बजारमा वडा कार्यालय स्थापना तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।तल्लु बजारमा नगर प्रमुख टेक बहादुर रावक,निमित्त कार्यकारी अधिकृत सुरेन्द्र सिंह ,वडा अध्यक्ष लाल बहादुर खत्री सहित स्थानीय ब्यापारी हरुको उपस्थितिमा सरसफाइ गरिएको छ।