काठमाडौं, २२ भदौ । नाप तौल विभागका तीनजना कर्मचारी घुस लिदालिदै पक्राउ परेका छन् ।
भक्तपुरको सल्लाघारीमा रहेको एउटा रेष्टुरेन्टमा ट्याक्सी मिटर जडानको विषयमा घुस लिइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुस लेनदेन भइरहेको खबर पाएपछि अख्तियारको टोली रेष्टुरेन्टमा पुगेको थियो ।