दाङ २० भदौ । दाङका बाढी पिडितका लागि राप्ती समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति दाङको कोषकामा १ लाख ५९ हजार ३ सय ६१ रुपैयाँ सहयोग रकम जम्मा गरेको राप्ती समाज जापानका सचिव शरद पोख्रेलले जानकारी दिनुभयो ।
समाजले निरन्तर रुपमा समाजिक सेवालाई अगाडी बढाउँदै आएको राप्ती समाज जापानका सचिव शरद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार धुर्मस – सुन्तली फाउण्डेशनले निर्माण गरेको नमुना वस्ति निर्माणका लागि समेत सहयोग गरेको उहाँको भनाई ।