Indrenionline.com

प्रदेश नं. २ मा पनि पहिलो पार्टी भनेकै एमाले हो : ओली

चितवन, १८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज २ गते प्रदेश नम्बर २ मा पनि नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

चितवनको भरतपुरमा अनेरास्ववियुको केन्द्रिय कमिटीको बैठकलाई आइतवार सम्बोधन गर्दै अध्यक्ष ओलीले जस्तो सुकै सडयान्त्र गरेपनि नेकपा एमाललेलाई पछाडी कसैले पार्न नसक्ने बताए ।

उनले पहिलो र दोसो चरणको स्थानीय निकायको चुनावमा पहिलो भएको र अब मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभाको चुनावमा समेत एमालेलाई पहिलो पार्टी बन्नलाई कसैले नछेक्ने बताए ।

एमाले बिरुद्ध कांग्रेस र माओवादीको गठबन्धनले आफ्नो पार्टीलाइै चुनाव जित्न रोक्न सक्दैन ‘हाम्रा विरुद्ध अनेक मोर्चाबन्दी भएको छ, पार्टीहरु मिल्दैमा आत्तिनु पर्दैन, ती पार्टी कत्रा छन् ? अनेरास्ववियु जत्रा पार्टी कतिवटा छन् ?’ उनले भने ।