Indrenionline.com

तुलसीपुरमा भएको सडक दुर्घटनाका घाइते भण्डारीको मृत्यु अन्य दुई खतरा मुक्त

इन्द्रेणी संवाददाता

जेष्ठ ३० आज विहान  घोराही सडक खण्डको हात्तिखौवा नजिक भएको दुर्घटनामा परि घाईते भएका मध्ये मोटरसाईकल चालक तुलसीपुर ६ मोतिपुर निवासी १९ वर्षीय विदुर भण्डारीको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुर बाट घोराही तर्फ जाँदै गरेको रा १ त १४१० नम्वरको ट्रेक्टरले विपरित दिशावाट आउँदै गरेको बा ३९ प ७२३१ नम्वरको मोटरसाईकलाई आइतवार विहान ९ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा  मोटरसाईकलमा सवार तीन जना घाईते भएका थिए भने चालक भण्डारीको अवस्था गम्भिर रहेकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परि मोटरसाईकमा सवार मोतिपुर कै २२ वर्षीय निमबहादुर दमाई र २४ बर्षीय डम्मर दमाईको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । तर उनीहरुको अवस्था खतरा मुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।