काठमाडौँ, १५ भदौ । नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाका अन्तर्राष्ट्रिय नाकाको रूपमा प्रयोग हुने भएको छ ।
अन्तर्राष्ट्रिय नाकाको रूपमा रूपान्तरण भएपछि यस नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथसाथै तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन् । दुई देशबीच मुख्य नाकाका रूपमा प्रयोग हुँदै आएको तातोपानी २०७२ सालको भूकम्पपछि बन्द रहेको अवस्थामा रसुवागढीलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग गर्ने सहमति भएको हो ।