काठमाडौं, १४ भदौ। सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मङ्सिर २१ गतेलाई तोकेको छ ।
बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्ने निर्णयसमेत गरेको छ, जुन संवैधानिक परिषद्बाट सिफारिस गरिनेछ”–सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले भने । एशियाली विकास बैङ्कबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त रू। १५ अर्ब ४८ करोडको बजेट ९विशेष गरी प्रसारण र वितरणको क्षेत्रमा खर्च गर्न० ऋण अनुदान सहायतालाई स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
केही प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी खारेज गरी प्रहरी नायब महानिरीक्षकको दरबन्दी सिर्जना गर्नेबारे मन्त्रिपरिषदमा छफलल भएको पनि मन्त्री बस्नेतले बताए । यसैगरी बैठकले नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीलाई उपरथी पदमा पदोन्नति गर्ने निर्णय भएको छ ।
त्यस्तै भूमिसुधार सचिव कृष्णराज देवकोटालाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । भूमिसुधार मन्त्रालयमा शम्भु कोइराला, खानेपानी तथा सरसफाइ मन्त्रालयमा कृष्णराज जिसीलाई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा महेश्वर न्यौपानेलाई लैजाने निर्णय भएको छ । बैठकले अनुसन्धान निर्देशक पदमा हुतराज थापालगायत तीन जनालाई बढुवा गरेको छ । रासस