युरो कपमा रुस र इग्ल्याण्डका समर्थकबीच झडप, ३० घाइते
फ्रान्समा जारी यूरो कप फुटबलमा रुस र इग्ल्याण्डका समर्थकबीच झडप भएको छ । झडपमा ३० भन्दा बढी घाइते भएका छन् । जसमध्ये दुईको आवस्था गम्भिर छ ।
दक्षिणी फ्रान्सको मार्से शहरमा फ्रान्स तथा रुसी समर्थकसँग इग्ल्याण्डका समर्थकको झडप भएको थियो । रुस र इग्ल्याण्डको खेल १-१ को बराबरिमा सकिएसँगै दुई देशका समर्थकबीच पुन झडप भएको थियो । रुसी समर्थकलाई इग्ल्याण्डका समर्थकले आक्रमण गरेपछि झडप सुरु भएको बीबीसीले जनाएको छ ।
फ्रान्सका गृहमन्त्री बनार्ड केजेनोवले मारपीटमा उत्रिएकाहरुले खेल अघिको माहोलका कारण हिंसा मच्चिएको बाहना बनाएका छन् । यूरोपियन फुटवलको सर्वोच्च संस्था यूईएफए ले हिंसाको निन्दा गर्दे भनेको छ,’यस्तो हिंसात्मक गतिविधिको खेलमा कुनै स्थान छैन ।’ यूईएफएले हिंसाको जाँच गर्ने जनाएको छ ।