Indrenionline.com

सल्यानमा भाइरल ज्वरोले एक जनाको ज्यान गयो

इन्द्रेणी संवाददाता

सल्यान, १२ भदौ । विभिन्न जिल्लामा भाइरल ज्वरोले प्रकोपको रुप लिइरहेको वेला सल्यानमा भाइरल ज्वरोकै कारण एक जनाको ज्यान गएको छ । कुपिण्डे नगरपालिका ५ राउँचे निवासि ३६ वर्षीया भगवती साहुको ज्यान गएको हो ।

उनको उपचारका क्रममा लखनौमा ज्यान गएको परिवार स्रोतले जनाएको छ । उनको भेरी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि लखनौ रिफर गरेको थियो । सल्यानका विभिन्न स्थानमा भाइरल ज्वरोले प्रकापको रुप लिदै गएको स्थानीयहरुले बताएका छन् ।