काठमाडौँ, १२ भदौ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव एकैसाथ गर्ने मिति घोषणा गरिसकेको वेला निर्वाचन आयोगले भने दुई चरणमा चुनाव गर्दा सफल हुने बताएको छ ।
काँग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधिसहितको टोलीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनको मिति घोषणा गरेकोमा सरकारलाई दिएको धन्यवाद पत्रमा पनि निर्वाचन दुई चरणमा हुनसक्ने स्मरण गराएको जानकारी दिए ।