जाजरकोट, ११ भदौँ । जाजरकोटको सदरमुकाम खलंगामा शुक्रबार राति गएको पहिरोले ठाँटीबजारस्थित न्यूरोडका दुई दर्जनभन्दा बढी घर पहिरोको उच्च जोखिमा परेका छन् ।
जाजरकोट डोल्पा सडक खण्डको छेउमा रहेको भेरी नगरपालिका ३ ठाँटीबजार स्थित न्यूरोड बस्ती पहिरोेले २ सय मिटर लामो सडक पुर्णरुपमा भासिएपछि बग्ने खतरामा परेको छ । बस्ती बग्ने खतरामा परेपछि सयौं सर्वसाधारणहरू आतंकित भएका छन् । उक्त क्षेत्रमा स्थानीयलाई हिडडुल गर्न समेत जोखिम भएको छ ।
पहिरोका कारण केन्द्रीय विद्युत लाइन जडानका लागि गाडिएका पोल र तानिएका तारहरूसमेत बगेका छन् । नयाँ पत्रिकामा हेमन्त केसी लेख्छन्- उक्त सडक खण्डमा चालु कालोपत्रे गर्ने काम समेत रोकिने भएको छ । पुरै सडक भासिएर साइकल पनि हिड्न नमिल्ने भएको छ ।
सडक निर्माण र ढल निकासको गतिलो योजना नहुँदा सदरमुकाम खलंगाको मुख्य बजार पहिरोले बग्ने खतरा बढेको हो । दुई सय मिटर सडक भासिएर सात सय मिटर तल पुगेपछि तत्काल पहिरो रोकथामको उपायाको कुनै सम्भावना नभएको स्थानीय कमान खड्काले वताP .
पहिरोका कारण न्यूरोडबाट विभिन्न स्थानका लागि छुट्ने गाडीहरू वन्द भएर अर्को तर्फको सडक छेउमै थन्किएको र न्यूरोड क्षेत्रमा स्थानीयहरू बस्न डराएर वैकल्पिक बासको खोजी गर्न थालेको छन् ।