
बिष्टका अनुसार हत्याराको खोजी कार्य जारी रहेको छ । ‘सानो गोली छ, गोलीको खोका पनि भेटिएको छैन’ प्रहरी उपरीक्षक बिष्टले भने ‘गोली लागेको घाउ हेर्दा पेस्तौलले हानेको जस्तो देखिन्छ तर एकिन भईसकेको छैन ।’ पोष्टमार्टम हुन बाँकी रहेको र गोलीको खोका खोजी कार्य जारी रहेका वताउँदै बिष्टले कुन हतियार प्रयोग गरिएको हो भन्ने कुरा गोलीको आकारबाट मात्रै जानकारी हुने वताए ।
प्रारम्भिक अनुसन्धान अनुसार प्रेम सम्वन्ध बिगि्रएका कारण हत्या गरिएको हुन सक्ने देखिएको प्रहरी उपरीक्षक बिष्टले वताए । उनले भने ‘अनुसन्धान जारी छ, अहिलेने सवै कुरा भन्न सक्ने अवस्था त छैन तर प्रारम्भिक छानबिन गर्दा प्रेम सम्वन्ध बिग्रेका कारणनै घटना भएको जस्तो छ ।’ युवतीको लास पोष्टमार्टमका लागि डोटी जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।