दाङ १० भाद्र । पर्यटन बीटमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार संघ(एन्टोज) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तिव्र बनाइएको छ, संघको महाधिवेशन पर्यटकीय जिल्ला बर्दियामा आयोजना हुने भएको हो, आगामी असोज ४ गते अर्थात सेप्टेम्बर २० तारिखमा हुन लागेको राष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्नु हुने नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) का केन्द्रीय महासचिव केशरमान बुढाथोकीले जानकारी दिनु भयो, उहाँका अनुसार तीस जिल्लाका करिब एक सय पचास प्रतिनिधि र पर्यवेक्षक रहने भएका छन्, एन्टोजको विधान अनुसार जिल्ला शाखा अध्यक्ष सहित एक महिला अनिवार्य हुने गरि तीन जना राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ, राष्ट्रिय महाधिवेशनले १९ सदस्यीय केन्द्रीय समिति तथा प्रदेश समितिको समेत टुंगो लगाउने छ,४ गते उदघाटन बन्दसत्र र ५ गते निर्वाचित तथा प्रतिनिधिलाई संक्षिप्त प्रशिक्षण दिने बताइएको छ ।
प्रथम राष्ट्रिय महाधिवेशन भव्यरुपले सम्पन्न गर्न एन्टोजका केन्द्रीय अध्यक्ष धनिराम शर्मा(ऋतुविचार)को संयोजनमा राष्ट्रिय महाधिवेशन मुल आयोजक समिति गठन गरिएको छ, मुल आयोजक समितिमा केन्द्रीय समिति, जिल्ला शाखा अध्यक्षहरु सदस्य रहने व्यवस्था छ । राष्ट्रिय महाधिवेशनलाई व्यवस्थापन गर्न नेपाल पर्यटन पत्रकार संघ बर्दिया शाखा सहआयोजक बनेको छ, राष्ट्रिय महाधिवेशन मुल आयोजक समिति सदस्य तथा नेपाल पर्यटन पत्रकार संघ बर्दिया शाखा अध्यक्ष दीपक शर्माले महाधिवेशनको तयारी तीव्र भैरहेको जानकारी दिनु भएको छ, पर्यटकीय वैभवले समृद्ध बर्दियाको पर्यटन विकासलाई नयाँ उचाईमा पुराउन एन्टोजको राष्ट्रिय महाधिवेशन बर्दियाको ठाकूरद्धारामा गर्न लागिएको उहाँले बताउनु भयो ।
सन २०१४ मा मोफलसमा स्थापना भएको एन्टोज विशेष गरि प्रदेश नम्बर ४,५,६ र ७ मा क्रियाशिल छ । दाङमा केन्द्रीय कार्यालय रहेको एन्टोजले साविकको मध्यपश्चिान्चल र सुदूरपश्चिमान्चल क्षेत्रमा विशेष क्रियाशिल रहदै आएको छ । पर्यटनको प्रवल संभावना भएको तर विकासले पछाडि परेको क्षेत्रको प्रवद्र्धन गर्न संचार संगठनको भूमिकालाई सशक्त बनाउने संघको स्थापना भएको एन्टोजका केन्द्रीय अध्यक्ष धनिराम शर्मा(ऋतुविचार) बताउनु भयो ।