Indrenionline.com

पर्यटन पत्रकार संघको बर्दिया जिल्ला भेला असार १० मा हुने

इन्द्रेणी संवाददाता

पर्यटन क्षेत्रमा क्रियाशिल पत्रकारहरुको छाता संगठन नेपाल पर्यटन पत्रकार संघको जिल्ला शाखा बिस्तार कार्यक्रम जारी छ । शाखा बिस्तार कार्यक्रम अनुसार यही असार १० गते संघले बर्दियाको जिल्ला शाखाको भेला आयोजना गरिएको बताइएको छ। संघले बर्दियामा रहेर पर्यटन क्षेत्रमा कृयाशिल पत्रकार, पर्यटन व्यवसायी, स्थानीय निकाय जिल्लास्थित राजनैतिक दल तथा संघ संस्थालाई भेला कार्यक्रममा आमन्त्रण गरेको छ ।

पर्यटनको बीटमा क्रृयाशिल पत्रकाहरु संघको विधानतः साधारण सदस्य बन्ने प्रावधान रहेको छ । सन २०१४ मा स्थापना भएको संघ यतिबेला मोफसलमा एक कृयाशिल पत्रकारहरुको संगठन हो । बाँके, गुल्मी, रुकुम सल्यान र पाल्पाको जिल्ला भेलाको आयोजना गर्ने तयारी भैरहेको संघको सचिवालयले जानकारी दिएको छ ।

संघको रोल्पा र प्यूठानमा यसअघि शाखा गठन भई जिल्ला शाखाहरु क्रियाशिल रहेका छन् । साथै संघले आगामी आर्थिक वर्षदेखि प्रादेशिक आर्थिक आधारहरु नामक आर्थिक बुलेटिलन प्रकाशन गर्ने तयारी गरिरहेको पनि संघका केन्द्रीय सचिवालयले जानकारी दिएको छ । बुलेटिनमा पर्यटन, कृषी, उर्जा र औद्योगकि विकासको सामाग्री समेटिने भएका छन् । बुलेटीन एन्टोजको मुख प्रकाशन हुने बताइएको छ ।