बाजुरा, ७ भदौ । सामुदायिक विकास कार्यक्रम बाजुराले आफ्नो संस्थाको (आरआरएन) २५ औं बार्षिकोत्सव मनाएको छ ।
जिल्लामा रहेको पवित्र धार्मिक स्थल बडीमालिका मन्दिरको परिसरमा सम्पुर्ण कर्मचारीहरुद्धारा सरसफाई गरेका थिए । उक्त कार्यक्रम जिल्ला संयोजक खिमबहादुर केसीको अगुवाईमा भएको हो ।
उक्त अबसरमा नगर प्रमुख बडुवालले संस्थाको वार्षिक उत्सवमा यस्तो परोपकारी कार्यक्रम गरेकोमा बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । जिल्लामा ब्लड बैक नभएका कारण रगत जम्मा गर्न गाह्रो छ । बिरामीलाई रगत चाहिएको समयमा तुरुन्तै रगत दिने मान्छेहरु नपाउँदा बिरामीहरु साह्रै दुःख खेप्नु परेको बताए नगर प्रमुख बडुवाल । आफ्नो प्रयास अब ब्लड बैकलाई तुरुतै स्थापना गर्ने तिर रहेको र संस्थाबाट हुन सक्ने सहयोगको लागि पनि अनुरोध गरे । जतिबेला रगत चाहियो त्यतिनै समयमा फोन गरेर मान्छे बोलाउनु पर्ने अवस्था छ । ब्लड बैक नहुँदा चाहिएको रगत समुहको मान्छे नभेटिने हुँदा ब्लड बैक अनिवार्य आवश्यकता रहेको नगर प्रमुखले बताए ।
जिल्ला अस्पतालका निमित्त प्रमुख डा.रोहित गिरीले, “संस्थाको वार्षिक उत्सवहरुमा प्रायले भोजहरुमा लगानी गर्छन । तर सामुदायिक विकास कार्यक्रम,आर आर एनले मानवियता सम्बन्धी काम गरेको छ । यो साच्चै परोपकारीको एउटा उदाहरण रहेको बताए ।” उक्त कार्यक्रममा सामुदायिक विकास कार्यक्रममा सम्लग्न एघार जना कर्मचारीको रगत समूहको विस्तृत जानकारी विवरण नेपाल रेक्रस सोसाईटी जिल्ला शाखाका कार्यक्रम अधिकृत सरोज थापालाई बुमmाएका थिए ।