काठमाडौं, ७ भदौ। नेकपा माओवादी केन्द्रले बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषका लागि ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ ।
बाढी पीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने यसअघिको पार्टी निर्णयअनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिए ।