चिनियाँ उपप्रधानमन्त्रीले देउवालाई दिए चीन भ्रमणको निम्तो
इन्द्रेणी समाचारदाता
काठमाडौं, ३२ साउन । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिएका छन्।
आज बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वाङले चिनियाँ प्रधानमन्त्री ली खछ्याङको तर्फबाट मौखिक निमन्त्रणा दिँदै लिखित पत्र पनि आउने प्रक्रियामा रहेको जानकारी दिए ।