काठमाडौँ, ३१ साउन । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयका अनुसार तीन हजार ७२७ पूर्वाधार संरचनाको क्षति भएको छ । बाढीपहिरो र डुबानबाट पीडितहरूको खोज, उद्धार गरी राहत वितरण गर्ने कार्यलाई सरकारले तीव्रता दिएको जनाउँदै त्यस कार्यका लागि सुरक्षाकर्मीसमेत २६ हजार ७०० भन्दा बढी जनशक्ति प्रत्यक्षरुपमा प्रभावित क्षेत्रमा खटिएको छ ।
