रबिन्द्र यादव
नवलपरासी ३१, साउन । नारायणी नदीले बगाएका दुुई गैंडामध्ये एउटा गैंडा नवलपरासीको त्रिवेणी व्यारेजस्थित नर्सही ठोकरमा सोमबार मृत अवस्थामा फेला परेको छ । नदीमा बग्दै आएका दुुई गैंडामध्ये एउटा भागेर नजिकैको जंगल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मुुकुुन्दराज आचार्यले जानकारी दिए । शनिबार नवलपरासी क्षेत्र तर्फको राष्ट्रिय निकुुञ्जबाट निस्केका दुुई गैंडासँगै ६ वटा हरिण नारायणी नदीमा बगेका थिए ।
मृत अवस्थामा फेला परेको गैडा २ वर्षको भाले गौडा रहेको जिल्ला वन अधिकृत बिजयराज सुुवेदीले जानकारी दिए । मृत भेटिएको गैंडाको खाग र खुुर निकालेर गाडिएको जिल्ला वन कार्यालयलका जिल्ला वन अधिकृत सबेदीले बताए ।
