इन्द्रेणी संवादाता
दाङ, २९ जेठ
दुव्यर्ससनी रोक्नकालागि सवैभन्दा पहिले अभिभावकहरु सचेत हुनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।
मिलन चोक युवा समुहको आयोजनामा भएको कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रकाशराज शर्माले लागुपदार्थ दुव्यर्सनीलाई न्यूनिकरणका लागिका आफ्ना सन्ताहरुप्रति अभिभावकहरु सचेत रहनुपर्ने बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले लागुपदार्थ दुव्यर्सनी न्यूनिकरणका लागि प्रहरीले मात्र एक्लै नसक्ने भन्दै लागुपदार्थ दुव्यर्सनकालािग प्रहरीहरुसगै अभिभावकहरुहरुले समेत आफ्नो सन्तानले गर्ने व्यवहारपति ख्याल गर्नुपर्ने बताएका थिए ।
मिलनचोक युवा समुहका अध्यक्ष उमाकान्त भण्डारीको अध्यक्षतामा भएको
कार्यक्रममा राप्ती पोष्ट दैनिकका प्रकाशक सम्पादक सरद अधिकारी,सामदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्ण पुन,दाङ सोसाईटी कल्वका सचिव कुलराज पोख्रेल,घोराही टाउन प्लान टोल
विकास सस्थाका अध्यक्ष दिलिप डिसी,समाजसेवी निर्मल न्यौपाने,युवा नेता हेमन्त थापा,विद्याथी नेता निरज गिरी लगायतले बोल्नुभएको थियो ।
लागु पदार्थ दुव्यर्सनी,दुव्यर्सनीका कारण,दुव्यर्सनीलाई हुने कानुनी व्यवस्थाका बारेमा
वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख सूर्य थापाले जानकारी गराउनुभएको थियो .