राधा शर्मा / बर्दिया
साउन ३० । बर्दियामा वाढिका कारण विस्थापित भएका नागरिकहरुले २ दिन देखि पानी समेत पिउन पाएका छैनन । बर्दियामा साउन २८ र २९ गते आएको वाढिका कारण विस्थापित भएका हरुको अवस्था दयनिय बन्दै गएको छ । विस्थापित हरुलाइ विद्यालय , तथा स्थानिय स्वास्थ्य चौकी लगायतका स्थानमा राखिएको छ ।
साउन २८ गते आएको वाढिका कारण विस्थापित नागरिकहरु भोकभोकै दिनरात कटाउन बाध्य भएका छन । उद्धार र राहतका कार्यक्रम नआउदा आफुहरु आफै विद्यालय आएर वसेको र विगत २ दिन देखि केहि नखाएर वसेको उनिहरुले गुनासो गरेका हुन । विस्थापित हरु हजारौको सख्यामा रहेका छन उनिहरुलाइ तत्काल उच्च र सुरक्षित स्थानमा राखिएको भएपनि राहतका कार्यक्रम पनि सगसगै लैजाने प्रयास भैरहेको यसका लागी स्थानिय तहलाइ नै जिम्मा दिने निर्णय जिल्ला दैवि प्रकोप उद्धार समितिले गरेको जिल्ला आपतकालिन संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीले बताउनु भयो ।
वाढिका कारण विस्थापित भएकाहरु विद्यालय , स्वास्थ्य चौकीमा ४१ वटा स्थानमा सेन्टरमा लियर वसीरहेका छन ति सेन्टरमा २४ हजार ७ सए ३४ जना रहेका छन । नदिको विचमा रहेका तथा घरको छतमा रहेका हरुलाइ २९ गते हेलिकप्टर मार्फत ३ सए ७५ जनाको उद्धार गरीएको थियो भने अन्य रेडक्रस , प्रहरी तथा नेपाली सेनाले करिब ६ हजार नागरिकलाइ उद्धार गरेको छ । बाढिका कारण जिल्लाका ५ वटा नगरपालिका सवै भन्दा वढि प्रभावित भएका छन , प्रभावित हुनेमा बारबर्दिया नगरपालिका , मधुवन नगरपालिका , गुलरिया नगरपालिका ,वासगढि नगरपालिका र ठाकुरवावा नगरपालिका रहेका छन ।