काठमाडौं, ३० साउन । सरकारले आइएनजीओहरुलाई बाढी पहिरो प्रभावित क्षेत्रमा मनपरी तरिकाले राहत वितरण गर्न रोक लगाएको छ । केन्द्रीय दैवी प्रकोप उद्दार समितिको सोमबार बिहान बसेको बैठकले आइएनजीओहरुलाई आफू मनपरी राहत वितरणमा रोक लगाएको हो ।
सरकारको निर्णयसँगै अब एनजीओहरुले सरकारसँगको समन्वयमा मात्रै राहत वितरण गर्न पाउने छन् ।