दाङ ३० साउन । समाज तथा राष्ट्र परिवर्तनमा निजि क्षेत्रको निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । सरकारको आँखा नपुगेको स्थानमा पनि निजि क्षेत्र पुगेर आम नागरिकहरुलाई सहयोग गरेका थुप्रै उदाहरणहरु छन । देश बिकासको एक मुख्य मेरुदण्ड निजि क्षेत्र पनि हो । तर यसका लागि जुझारु, सक्षम तथा दुरादर्सी नेतृत्व आबश्यक पर्दछ । दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छान्ने निर्वाचन यहि साउन ३१ गते अर्थात भोली हुँदैछ ।
रुकुमबाट दाङ झरेर सफल व्यवसायी र समाजसेवीको पहिचान बनाएका उनि हाल रुकुमेली एकता समाजको अध्यक्ष पनि हुन । त्यस्तै घोराहीस्थित युनाइटेड मण्टेश्वरी प्रालिका अध्यक्ष र इन्द्रेणी इन्टरनेसनल मिडिया प्रालिका संरक्षक समेत रहेका उनि व्यवसायका अतिरिक्त गीत संगीतका क्षेत्रमा पनि विशेष रुचि राख्छन । स्थानीय कलाकारहरुको प्रोत्साहन, संरक्षण र लोक गीत संगीतको प्रवद्र्धनमा उनको महत्वपुर्ण योगदान रहेको छ । स्नातक उतीर्ण बुढाथोकी दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यमा विजयी भएर यहाँको व्यावसायिक हकहितका लागि उदाहरणीय काम गर्ने चाहना भएको बताउछन ।