Indrenionline.com

बाढी प्रभावित बस्तिमा पुगेर यसो भने गृहमन्त्रीले

साउन ३० , काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बाढी प्रभावित जिल्लाहरुमा पुग्नुभएको छ । आईतबार मन्त्रि शर्माले दुई दिनदेखी परेको अविरल बर्षाका कारण ठुलो क्षती भएको बाँके, बर्दिया, झापा, मोरङ, सुनसरी तथा सप्तरी लगायतका जिल्लाहरुको अवस्था निरीक्षण गर्दै राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न स्थानिय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

बाँकेबाट बाढी प्रभावित बस्तिको निरीक्षण शुरु गर्दै मन्त्रि शर्माले स्थानिय प्रशासन र सरोकारवाला निकायहरुलाई २४ सै घण्टा स्ट्याण्डबाई रहेर जनताको सेवामा लाग्न निर्देशन दिनुभयो ।

‘हामीलाई एकाएक प्राकृतिक विपद आईलाग्यो’ नेपालगञ्जमा स्थानिय प्रशासकहरुलाई निर्देशन दिँदै मन्त्रि शर्माले भन्नुभयो, ‘एकाएक आएको विपत्ति सामना गर्न नागरीक समेतलाई साथमा लिएर अगाडी बढ्नुपर्ने आवश्यकता छ ।’

राज्यसँग न्युन मात्रामा स्रोत साधन भएको र ठुलो बिपत्ति आईलागेको उल्लेख गर्दै मन्त्रि शर्माले भन्नुभयो, ‘हामीले पहिलो चरणमा उद्धारमा ध्यान दिनुपर्छ, प्रभावितहरुलाई सुरक्षीत स्थानमा ल्याएर कोही पनी भोको नरहने गरी आवश्यक ब्यवस्था मिलाउनुस् ।’

पशुपंक्षी विकास मन्त्रि सन्तबहादुर थारु, गृह सचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी बलका महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतलाई साथमा लिएर बाढी प्रभावित क्षेत्रमा पुग्नुभएका मन्त्रि शर्माले मन्त्रि शर्माले काम गर्दा आईपरेको सवै जिम्मेवारी लिने उल्लेख गर्दै राहत र उद्धारमा आर्थिक लगायतका कुनै संकट आउने नदिने बताउनुभयो ।
सरकार तपाईको हो, संकटको मिलेर सामना गरौं

गृहमन्त्री शर्माले बाँकेको राप्तिसुनारी गाउँपालिका–७ स्थित फत्तेपुरमा प्रभावित स्थानियहरुसँग भेटघाट गर्दै प्राकृत्तिक विपत्तिले देशलाई ठुलो संकट पैदा गरेको उल्लेख गर्दैै सरकार प्रभावितको साथमा रहेको बताउनुभयो ।

‘सरकार तपाईहरुको हो, राज्यमा भएको आर्थिक श्रोत तपाईहरुकै हो, त्यसैले त्यसैले सरकारसँग भएको स्रोत तपाईहरुका लागी प्रयोग गरिने छ’ उँहाले भन्नुभयो, ‘बाढीको विपत्तिमा हामी तपाईको साथमा छौं, यो राष्ट्रिय संकटलाई मिलेर सामना गरौं ।’

फत्तेपुरकी स्थानिय सुवर्ण कुमारी बर्माले मन्त्री शर्मासँग तत्काल बासको ब्यवस्था मिलाई दिन आग्रह गरिन् । बाँकेकी सावित्री बर्माले शक्तिशालीले मात्र राहत लिएको गुनासो गरेपछी मन्त्रि शर्माले टोल–टोलमा समिती बनाएर राहत बाँड्ने मिलाउन स्थानिय अगुवाहरुलाई आग्रह गर्नुभएको छ ।

‘तपाईहरुले आफ्नो टोलमा समिती बनाएर आएको राहत सवैले पाउनेगरी बाँड्नुपर्छ, कसैले राहत पाउने कसैले नपाउने हुँदा भोकै रहने अवस्था आउँछ’ मन्त्रि शर्माले भन्नुभयो, ‘तत्काल खाना र अस्थाई बसोबासको ब्यवस्था सरकारको पहिलो प्राथमिकता हो ।’

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावी बनाउने कार्यका लागी समन्वय गर्न जिल्लामा एउटा टिम र केन्द्रमा अर्को टिम रहेको जानकारी दिँदै मन्त्रि शर्माले स्थानिय स्तरमा उपलब्ध खाद्यान्न खरिद गरेर वितरण गर्न स्थानिय प्रशासनलाई निर्देशन दिनुभएको छ ।