Indrenionline.com

यस्तो छ बर्दियामा बाढीको बितण्डा ( फोटो फिचर )

राधा शर्मा / बर्दिया
साउन २९।  बर्दियामा ववइ नदिमा आएको वाढिका कारण एक जना महिलाको मृत्यु भएको छ भने एक जना पुरुष वेपत्ता भएका छन साथै हजारौ घर डुवानमा परेका छन ।

स्थानिय खोलामा आएको वाढिका कारण ठाकुरवावा नगरपालिका वार्ड न २ सतघरुवा निवासी ७० वर्षिय साहुनी थारुको डुवानमा रहेको घर भत्किदा मुत्यु भएको छ यसै गरी बारबर्दिया नरपालिका वार्ड न १० गन्दर्भटोलका राजेन्द्र थारुको नदिबाट दाउरा निकाल्ने क्रममा नदिमा वेपत्ता भएका प्रहरीले बताएको छ । य

सै गरी वासगढि नगरपालिका वार्ड न १ चेपाङमा तुलबहादुर विकको घर भत्किदा ३ जना घाइते भएका छन घाइते मध्ये ६० वर्षिय नरकलि विकको अवस्था चिन्ताजनक रहेको छ । उनको थप उपचारका लागी कोहलपुर लगिएको छ । अन्य घाइते ३६ वर्षिय सेते नेपाली र उनका छोरी १८ वर्षिय भुमसरका विक सामान्य घाइते भएका छन ।

बाढिका कारण हालसम्म गुलरिया नगरपालिका , मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरवावा नगरपालिका वढि प्रभावित बनेका छन । ति स्थानहरुमा करिब ५ हजार जति घरमा क्षति पुगेको जिल्ला आपतकालिन संचालन केन्द्रका सुचना व्यवस्थापक अधिकृत रुपन ज्ञवालीले बताउनु भयो ।

अहिले सम्म बाढि प्रभावित व्यक्ति ५ हजार एक सए ३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । अन्य घरको छतमा रहेका र रुखमा रहेका हरुलाइ पानिको वहावका कारण उद्धार गर्न नसकिएको बताउनु भयो । अझै हजारौ मानिसहरु उद्धारको पर्खाइमा रहेका छन । बर्दियाको सदरमुकाम गुलरियामा समेत ववइ नदिको पानि पसेको छ भने बर्दिया बाट छुटने लामो तथा छोटो दुरीका सवारी साधन पनि पुर्ण रुपमा बन्द भएको छ ।