Indrenionline.com

गृहमन्त्री शर्मा पश्चिमका बाढी पीडित सँग

साउन २९, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बाढी पिडीत क्षेत्रको निरीक्षणका लागि पश्चिम नेपाल पुग्नु भएको छ । येती एयरलाइन्सको विमान चार्टर गरी गृहमन्त्री शर्माको नेतृत्वमा १९ जनाको टोली आज बिहान ९ः१५ बजे त्यहाँ त्यस तर्फ प्रस्थान गरेको हो । गृहमन्त्री शर्माले बाँकेको राप्ती सुनारी गाउँपालिकाको फत्तेपुरमा गएर बाढी प्रभावित जनता तथा पिडीतहरुलाई प्रत्येक्ष भेटघाट गर्दै उद्धारका लागि थप आवश्यक निर्देशन गर्नु भएको थियो । त्यसैगरी उहाँले राप्ती किनारका बस्तीहरु, बर्दियाको बबई किनारका बस्ती र गुलोरिया नगरपालिकाका प्रभावित क्षेत्रहरुको हवाई निरीक्षण गर्नु भएको थियो ।

टोलीमा पशु पंक्षी विकास मन्त्री सन्त कुमार थारु, आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंह बहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रती बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी, केन्दि«य दैवी प्रकोप उद्धार समितीका सदस्य सचिव कृष्ण राउत लगायतको टोली बाँके पुगेको हो । मौसम अनुकूल भएमा पुर्वका बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।