दाङ जिल्ला उद्योग वाणिज्य संघको गल्ला किराना व्यवसाय उपसमितिका विभिन्न पदमा रहेर काम गर्नुभएका रामप्रसाद पोखरेलले यस पटकको निर्वाचनबाट संघको सदस्यका लागि तयारी गर्नुभएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघको जिल्ला कोषाध्यक्षसमेत रहनुभएका पोखरेल गल्ला तथा किराना व्यवसायी उपसमितिको दुई कार्यकाल सदस्य र हालसम्मको सचिव पदमा रहेर काम गरिरहनुभएको छ ।