इन्द्रेणी संवाददाता
तुलसीपुर २८ साउन । गयराती देखि दाङमा परेको अविरल बर्षाका कारण विभिन्न खहरेहरुमा आएको भेलाले फेरी अर्को एक जनालाई बगाएको छ । अबिरल बर्षाले पानीको बहाब बढेको तुलसीपुर ७ मा रहेको बेताने खोला तर्ने क्रममा एक ब्यक्तिको मृत्यु भएको हो । दिउसो ३ बजे तिर खोलो तर्ने क्रममा बगेर तुलसीपुर ४ जितपुरका ५८ बर्षीय नर बहादुर रावतको मृत्यु भएको ईलाका प्रहारी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
