इन्द्रेणी संवाददाता
काठमाडौं २८ साउन । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेपालका तराइ क्षेत्रमा रहेका भारतीय बाँधहरु तत्काल खोल्न आग्रह गरेका छन् । विगत केही दिन अघि देखि अनबरत परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरुमा डुवान सुरु भएको हो । तराइ भूभाग डुवानमा परे पछि जनजीवन सामान्य बनाउन महराले भारतलाई आग्रह गरेका हुन् ।
महराले टेलिफोन गर्न बित्तिकै भारतले लक्षमणपुर बाँध खोलेको छ भने अन्य बाँध हरुपनि खोल्ने प्रक्रिया सुरु गरिसकेको छ । अनवरत परेको वर्षाका कारण झापा, मोरंग, सुनसरी, सप्तरी, रौतहट, दाङ , बाँके लगायतका जिल्लाका विभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएका छन् ।