Indrenionline.com

रामग्राम स्तुपमा चिनियाँ लगानी भित्रिदै

रबिन्द्र यादव

नवलपरासी , २८ साउन । गौत्तमबुद्धको अष्ठ धातु रहेको नवलपरासीको रामग्राम स्तुपको विकास र प्रबद्र्धनका लागी चिनीया लगानी भित्रिने भएको छ । रामग्राम स्तुप क्षेत्रलाई लक्षित गरी पर्यटकीय भब –(केन्द्र )को रुपमा विकास गर्न चिनीया पक्षबाट लगानी हुन लागेको हो ।

आर्थिक रुपमा लगानी गरी यस क्षेत्रका विकासका लागी चिनिया टोलीले चासो देखाएपछि यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने निश्चित छ । चिनको वेईजिङ्गमा रहेको चिन नेपाल संस्कृती आदान प्रदान केन्द्र मार्फत आएको एक टोलीले रामग्राम क्षेत्रको अवलोकन र अध्ययन गरी सकेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।

विशेष गरी रामग्राम क्षेत्रलाई पुर्ण रुपमा बिशेष टुरिजम – ( पर्यटकीय )क्षेत्रको विकास प्रबद्र्धन गर्नकालागीसो चिनिया लगानी भित्रीन लागेको हो । चिनको निजी र सरकारी क्षेत्रमा आबद्ध समुहको एक टोलीले रामग्राम स्तुपको अध्ययन अवलोकन गरिसकेकाले छ । सो टोलीले रामग्राम नगरपालिका स‘ग रामग्राम स्तुपको विकासको गुरुयोजना मागकाले ततत्काल तयार गरि सो टोलीले प्रदान गरिने नगर प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

यसकालागी चिनको वेईजिङ्गमा रहेको चिन नेपाल संस्कृती आदान प्रदान केन्द्र मार्फत सो टोलीले केही महिना भित्र रामग्राम नगरपालिकाको एक टोलीलाई आवश्यक सम्झौता पत्रमा हस्ताक्षर गर्न चिनिया बोलाउने तयारी भएको नगर प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

सो क्रममा टोली स‘ग रामग्राम नगरपालिकालाई अन्तराष्ट्रिय सम्बन्ध जोड्ने सन्दर्भमा नगर क्षेत्रलाई समुचित ढ‘गबाट विकास र त्यसमा लगानी गरि रामग्राम स्तुप क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा चुनाउने बिषयमा छफल भएको थियो ।

चिनको निजी र सरकारी क्षेत्रका व्यक्तिहरु सहभागी चिनिया टोलीले रामग्राम स्तुपको प्रबद्र्धन विकास लागी चासो देखाएकाले नगर पुर्ण रुपमा सकारात्मक भई सहयोग गर्न लागी परेको रामग्राम नगरपालिकाकी उप प्रमुख रम्भा कुंवरले जानकारी दिनुभयो ।

छनौट पश्चात सो कम्पनीले ति पर्यटकीय क्षेत्रमा आर्थिक लगानी देखी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा कसरी विकास गर्न सकिन्छ सम्पुर्ण लगानी सहित सबै काम चिनिया पक्षले गर्नेछ ।

रामग्राम स्तुपको विकास र प्रबद्र्धन लागि चिनिया टोली लगानी गर्नु खोज्नु निकै प्रभावकारी काम भएकाले यसका लागी आवश्यक सबै प्रशासनीय कार्य तत्काल अघि बढाउने रामग्राम नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले जानकारी दिनुभयो ।

यसको समन्वय र सहकार्यकालागी चिनको वेईजिङ्गमा रहेको चिन नेपाल संस्कृती आदान प्रदान केन्द्रले गरिरहेको छ । नेपालमा विभिन्न पर्यटकीय क्षेत्रका विकासका गतिविधी अघि बढाउने सो केन्द्रले अहिले नेपालमा केही पर्यटकीय स्थानहरुलाई छनौट गदैछ ।