श्रावण २७, काठमाडौं । नयाँ शक्ति नेपालमा क्रियाशील रहँदै आउनुभएका नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले आफूहरु माओवादी केन्द्रमै क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ उर्मिला अर्याल पनि सहभागी हुनुहुन्थ्यो । छलफलपछि नेता झा र शर्माले मधेशमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन आफूहरु सम्पूर्ण रुपले समर्पित रहने संकल्प गर्नुभएको थियो ।