दाङ, २५ श्रावण । नृत्य क्षेत्रको विकास तथा नवप्रतिभाहरुको उन्नयनको उद्देश्यसहित विगत चारवर्षदेखि निरन्तररुपमा संचालन हुँदै आएको राप्ती अंचलस्तरीय खुल्ला नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टारको चौथो संस्करण श्रावण ३० देखि शुरु हुने भएको छ ।
प्रतियोगिताको विजेतालाई नगद रु. ५० हजारसहित विविध अवसरहरु प्रदान गरिने भएको छ भने उत्कृष्ट पाँच प्रतिभाहरुलाई समेत आकर्षक पुरस्कार तथा अवसरहरुको व्यवस्था गरिएको छ । राप्तीका बिभिन्न भागहरुमा अडिसनको आयोजना गरिने भएको छ । अडिसनका लागि कुनै शुल्क लाग्ने छैन ।