Indrenionline.com

औषधीका बेर्ना बाँड्ने प्राकृतिक चिकित्सक पराजुली

गोविन्द खड्का
घोराही, २४ साउन । छोरा संसार र छोरी प्रियंङकाले पनि बाबाको फुलावरी भनेर हेरचाह गर्छन् । त्यसो त परिवारमा रहेका श्रीमति क्षमाको पनि हो । उहालाई भने अरु संग जोडिएर परिचीत हुने रुची छैन । घोराही १४ स्वर्गद्धारी टोलमा रहेको घर भरीको करेसा वारी वगैंचा प्राकृतिक चिकित्सक डा लोकराज पुराजुलीको हो ।

छद्मा फलेको कागतीको बोटले जाँगरीलो घरको संकेत गर्छ । गेटवाहिरै बाट देखिने गरी उन्मक्त बैसका साथ रहरलाग्दो फलेको छ । उसलाई मल पानीको कमि छैन उचित स्याहार पाएको छ । त्यस भन्दा बढि करीव १५ धुर जग्गामा घर र त्यस संगै अनगन्ती जातका जडिबुटी र फलफुलका विरुवा अटाउने क्षमता छ । सबै कुरा सिक्नलाई अलि मसिनो गरी बोटहरु पन्छाएर हेर्नुपर्छ ।

सर्फको प्लाष्टिक रित्तीयो भने डस्टिविनमा मिल्कीदैन । केहि दिनमै गमला बनेर माटोको फा“चोमा परिणत हुन्छ । त्यस भित्र गड्याउला घुस्छन्, त्यो मल हो । साईज अनुसारको पोकोमा जम्मु देखि त्यसले आ“ट्न सक्ने जातको जडिबुटि वा फूलको विरुवा हुर्किन्छ । प्लाष्टिक फाल्ने टन्टा पनि हुदैन । घर वरपर रद्घसिद्घ कसेर पनि देखिदैन । फोहरको मात्रा घटेर फाईदा दिन्छ ।

तत्काल नफाट्ने वा न कुहिने सबै कुरा गमलामा परिणत भएका छन् । सेम्पोको डिब्बा, पेन्ट गर्दा फालिएका रंगरोगनका बट्टा हर कोहि किसीमका प्लाष्टिक जन्य बस्तु काम लागेका छन् । त्यति मात्रै होईन प्लाष्टिकका डण्डि भित्र सरियाको कुटो घुसारेर विड बनाई सजिलो पारीएको छ । भा“चिएका टुटफुट भएका वस्तु प्रयोग गर्ने त्यो अर्को उपयोगीता हो । ‘सरिया मात्रै तिखारेको भए खन्न सकिदैन्थ्यो त्यसैले बनाएको हु“’ फिस्स हा“स्दै पराजुलीले कुटो देखाएर भन्नुभयो, ‘मेरो घरवाट फाल्ने चिज थोरै हुन्छ ।’ हरेक भेट र वोलिमा नहा“सेर शब्द ननिकाल्ने पराजुलीको शैली हो ।

फोहर कमै बाहिर निकाल्छु भन्नेमा पराजुली संग दम छ । कुहिने चिजहरु ठाउ“ ठाउ“मा खाल्टो खनेर गाडेको भेट्न सकिन्छ । जसले विरुवालाई मल बनाउ“छ । बोटको नजिक वा खोपील्टोमा गाडिएको फोहर आसपास विरुवा रोपिन्छ । कटहरका बोक्रा लगाएत फोहर कुहिएको नजिक काका्रको बोट लहलहाएको दृश्य देखाउनुभयो । फोहर बाट मोहर बनाउने भनेको यहि रहेछ भन्नुभयो ।

यतिनै वोट र जात छन् भनेर ठ्याक्कै गन्ती गर्न मुश्किल छ । उनलाई अघिल्लो बर्षको एउटा प्रसंग याद छ साहित्कार कमल मनि देवकोटा संग खाना खाने मौका मिल्यो । तिजको बेला दुईटैका मेडमहरु माईत गएकाले आफैले खाना बनाई खानुपर्ने भयो । बारीमा पसेर मसला र तरकारी मिसाएर टिप्दा १२ प्रकारका चिजले छाक पुग्यो । टिपेर तरकारी बनाए । त्यस संगै हरेक सिजनमा साथिहरुलाई बोलाएर जडिवुटिका वेर्ना बा“ड्ने चलन छ । केहि दिन अघि साहित्यकार, कलाकार तथा पत्रकार केएल पिडितले केहि बोटहरु लगेको सुनाउनुभयो । सुर्यवहादुर थापा लग्दै हुनुहुन्थ्यो । अहिले सम्म यसरी पचास जना जतिलाई बा“डेको पराजुलीको भनाई छ ।

त्यो सानो बारीमा थोरै मकै पनि छन् । त्यो पनी हप्दा विराई रोपेर वाली वालीको पाक्ने बनाईएको छ । एकै चोटि पाकेर छल्दो फाल्दो भन्दा पटक पटक पाकेर धितमर्ने गरी खाने बनाउनुभएको छ । जसले गर्दा मकै खाने रहर लागे बजार किन्न जानुपर्दैन । खादा खेरि पनी मिठो हुन्छ । करेसावारी खे ितगर्न थालेको दश बर्षमा युरीया मल र कुनै किसिमको विसादी हालीएको छैन । शत्रु किरा देखेपछि टिप्दै मार्दै गर्ने चलन छ । त्यसैले होला खुर्सानिका वोटमा पात खुज्मुजिएका थिए ।

भुई काफल, महारानी,े सात रंगका गुलाफका फुल, ग्राउण्ड एप्पल, जम्मु लगाएत घरमा उक्लीरहेका तरकारीका लराभर्ता छन् । तरकारी खाएपनि हुन्छ । फुल सुघेपनि रुघा सन्चो बनाउछ गोरखपान वा मरठि भन्ने जटिवुटि छ । चियामा हाल्ने मेन्थल, चियामा हाल्नुस वा रुघा लागेको बेला पानीमा पकाएर खानोस तपाईले पचास रुपैया खर्च गरेर एलोपेथिक औषधि खानु पर्दैन । यसरी सुपारी अलैची देखि सबै छन् । हिमाल पहाड तराई उनकै बारीमा कैद छ । ति बेर्ना बेच्ने होईन पराजुलीले बा“ड्ने गर्नुहुन्छ त्यसैले वेर्ना बा“ड्ने प्राकृतिक चिकित्सक भन्दा फरक पर्दैन ।