साउन २४ , काठमाडौं । कुबेतबाट एकसाता अघि उद्दार गरीएकी पाँचथरकी बिमला न्यौपानेले गृहमन्त्री जनार्दन शर्मालाई भेटेकी छन । गृहमन्त्री शर्माले स्थापना गरिएको गुनासो व्यवस्थापन कक्षमा उजुरी परेपछि उनको निर्देशनमा बिमलाको उद्दार भएको थियो । गृहमन्त्री शर्मालाई भेट्न बिमला आफ्नो पति नविन शर्मासँग मन्त्रालय पुगेकी थिइन ।
२०७३ चैत्रमा जोर्डन जानका लागि अन्तर्वार्ता दिन काठमाडौं आएकी न्यौपानेलाई दलालले दिल्ली हुँदै कुवेत पु¥याएका थिए । आफूलाई पूर्वसशस्त्र प्रहरी बताउने भक्तबहादुर बिष्टमार्फत कुवेत पुगेकी न्यौपानेले त्यहाँ दुःख पाएवपछि उनका श्रीमान नविन शर्मा गृहमन्त्रालयको गुनासो कक्षमा पुगेका थिए एभरेष्ट दैनिकमा खबर छ ।
बिमलाका अनुसार भक्तवहादुरको समुहले कुवेतमा कार्यालयनै खोलेको छ । एउटा घरमा दुई महिना काम गरेपछि भागेर एजेन्टको कार्यालयमा जाँदा आफुलाई अपशब्द बोलेर त्यहाँका कर्मचारीले पनि गाली गर्दै फेरि अर्को घरमा काम गर्न पठाएको उनले बताइन । गृहमन्त्री शर्माले अबैधानिक बाटोबाट विमलालाई कुवेत लैजाने दलालको खोजी गरिने र कारबाहीको दायरामा ल्याउने बताए ।