काठमाडौं, २३ साउन । ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ ।
पक्राउ गर्न गएको प्रहरी टोलीलाई आक्रमण गरेपछि जवाफी फायरीङमा उनको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताएका छन् । उनीबाट प्रहरीले दुई वटा पेस्तोल वरामत गरेको छ ।