इन्द्रेणी संवाददाता
दाङ, २३ साउन । आज सोमबार राति खण्डग्रास अर्थात चन्द्रग्रहण लाग्दैछ । राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कसरी लाग्छ चन्द्रग्रहण
सुर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा चन्द्र ग्रहण लाग्छ । जब चन्द्रमा पृथ्वीको छायाबाट ढाकिन्छ त्यतिबेला ग्रहण लाग्छ । सर्य र चन्द्रमाको बीच पृथ्वी यसरी आउँछ कि पृथ्वीको छायाले चन्द्रमाको सबै वा आंशिक भाग ढाक्छ ।
चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्दा आंशिक चन्द्र ग्रहण देखिन्छ । जब यो छायाको मध्यमा आउँछ अनि पूर्ण ग्रहण हुन्छ । चन्द्र ग्रहण पूर्णिममा मात्र लाग्छ ।