Indrenionline.com

डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु

कालिकोट, २२ साउन । कालिकोटको दाहाँबाट सदरमुकाम मान्मा आउदै गरेको डोजर बिहानी खोलामा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा खाडाचक्र नगरपालिका–६ का ६० वर्षकी विष्ना शाही र अर्का एक जनाको परिचय खुल्न नसेकेको प्रहरीले जनाएको छ ।