चितवन, २० साउन । चितवनको भरतपुर महानगरपालिका १९ भएको पुनः मतदानको मतगणना आजैबाट शुरु हुने भएको छ । उक्त वडाको मत गणना शुक्रबार राति १० बजेबाट शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । भरतपुर महानगरपलिका वडा नं १९ र २० को मतगणना शुरु हुने भएको छ ।
दलीय प्रतिनिधिहरुको गतिविधिलाई निगरानी गर्नका लागि सीसीटीभी जडान गरिएको छ । मतगणनामा सहभागी हुने दलका प्रतिनिधिको पहुँच मतपत्रसम्म नहोस् भन्नका लागि तार जाली लगाइएको हो ।
चितवनको भरतपुर–१९ मा पुनः भएको मतदानको समय सकिएको छ । पुनः मतदानमा २ हजार ८ सय ६० मत खसेको छ । प्रतिशतमा हिसाव गर्दा जम्मा ७५।५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।